प्राविधिक समस्याले बिहीबार र शुक्रबार बिजुली अवरुद्ध भयो, फेरि लोडसेडिङ हुँदैन : प्राधिकरण

३, जेठ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताएका छन् । उनले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ ।

काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेको हो ।

विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरेका हुन् ।

समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उनको भनाइ थियो ।

प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पारेका छन् ।