
१८, जेठ काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा तत्कालीन सञ्चालक समितिका सभापति राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार बेलहिया नाकाबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार रायको संलग्नतामा करिब २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ ।
उनलाई बैंकिङ कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि रायलाई रूपन्देही जिल्ला अदालतमा पेस गरिएको छ।

