३ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२५, जेठ काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनको मूल्य घटेको छ । तोलामा तीन हजार रुपैयाँले घटेर आज १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर आज तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।