तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

२८, जेठ काठमाडौं । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा।प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो । रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् ।