
२१ साउन,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा पनि साधरणतया बदली रहेको छ ।
आज दिउँसो कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधरणतया बदली रहनेछ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।उता राति पनि देशभर साधरणतया बदली रहनेछ ।
कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
