
१६ भर्दौ,काठमाडौँ।सोमबार सुनको मूल्य थप बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो ।जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।
अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बरमा ब्याजदर ०.२५ प्रतिशत घटाउने अनुमानले सुनको माग बढेको हुन सक्ने आँकलन गरिएको छ ।अमेरिका र भारतबीच व्यापार युद्धले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमै सुन महँगिदा नेपाली बजारमा प्रभाव परिरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४८० अमेरिकी डलर हाराहारी पुगेको छ ।
विश्वमा सबैभन्दा धेरै सुन अमेरिकाले भण्डारण गरेको छ ।
