परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

२० चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरमा पूजाअर्चना गरेका छन् ।

आज शुक्रबार बिहान तारकेश्वर नगरपालिका–९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् ।सो मन्दिरमा चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गर्छ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम र आफन्तलाई भोज खुवाउने र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहिआएको छ ।