
९ वैशाख,काठमाडौं ।क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।
किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकहरुले बताएका छन्।
वीर अस्पताल,भक्तपुर क्यान्सर अस्पताल र पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सर बिरामीको जीवनरक्षक औषधि अभाव हुँदा देशभरका बिरामीको जीवन संकटमा परेको र समयमै किमोथेरापी नपाउने बिरामीमा क्यान्सर झन् छिटो फैलिने जोखिम रहेकोमा चिन्ता व्यक्त गरेका छन्।
औषधि आयातकर्ता खाडीको द्वन्द्व, कच्चा पदार्थको मूल्यवृद्धि र उत्पादन लागत बढेका कारण औषधि आपूर्तिमा समस्या भएको बताउँछन्।
