
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिका मित्रनगर स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।
मित्रनगरको गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
