
१२ असार,ललितपुर ।ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको आयोजकको भनाइ छ ।
सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्।एआई,क्राफ्टिङ,मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्।
मेलामा अवलोकनकर्ताहरूले विभिन्न सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका थिए।
