मनसुन थप सक्रिय हुँदै,आगामी हप्ता धेरै ठाउँमा वर्षाको सम्भावना

१३ असार,काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी हप्ता मनसुन थप सक्रिय हुने र धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ।

खासगरि मङ्गलबारपछि देशका केही स्थानहरुमा धेरै भारीसम्म वर्षा हुनेछ । आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ।

सोमबारदेखि देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ भने,तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।सोमबार रातिदेखि कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।मधेश प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय भई असार १६ देखि १८ गतेसम्ममा भारी वर्षाको सम्भावना छ ।