बढ्यो सुनचाँदीको भाउ

१० साउन, काठमाडौं ।आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।