
२ भदौ,काठमाडौं ।पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो।
आवेदन ९ भदौसम्म प्रवेश परीक्षा १२ भदौमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ,ढुंगेपाटन,कास्कीमा सञ्चालन हुनेछ।
३ हजार रुपैयाँ शुल्क तोकिएको छ । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सकिने जनाइएको छ।
विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ।
