रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

१० असोज,काठमाडौं ।राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् ।

राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा कलाकार शिव श्रेष्ठ,अर्जुनजंग शाही,आनन्द कार्की,रमेश उप्रेती,पूजा प्रधान, कृष्ण मल्ल, शर्मिला मल्ल,सुनील कटवाललगायतले सामूहिक हस्ताक्षर गरेका हुन् ।

शुक्रबार राजधानीको एलो प्यागोडामा आयोजित कार्यक्रममा श्रेष्ठसहितका कलाकारहरुले राजतन्त्रको पक्षमा हस्ताक्षर गरेको शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले जानकारी दिए। उनका अनुसार अभियान साउन १ गतेदेखि देशभर सञ्चालन भइरहेको छ ।

अभियानको मुख्य उद्देश्य नै कलाकार तथा सार्वजनिक व्यक्तित्वमार्फत जनतालाई राजसंस्थाका विषयमा आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्नु रहेको छ ।

राप्रपाका नेता निरञ्जन थापाले अभियानमा हालसम्म ३० लाख हस्ताक्षर संकलन भएको दाबी गरे।

हस्ताक्षर गर्ने कलाकारहरूले राष्ट्रिय एकता,स्थायित्व र समृद्धिका लागि राजसंस्था आवश्यकता औंल्याउँदै हस्ताक्षर गरेको बताइएको छ ।