
११ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुँदपाक लगायत हुने गर्छन् ।
बालबालिकालाई चकलेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङ माथि छ ।
तर,बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र केही व्यापारीले नाफाको लोभमा कतिसम्म ‘विष’ भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ।
हामीले पैसा तिरेर दैनिक उपभोग गर्ने चियापत्तीदेखि मिठाई र भान्सामा प्रयोग हुने सुजीसम्म खान अयोग्य,दूषित र मानव स्वास्थ्यका लागि प्राणघातक छन् । नाफा कमाउने होडमा केही व्यापारीले मानवीय संवेदना गुमाएर किरा परेका,म्याद गुज्रेका र कुहिएका कच्चापदार्थ प्रयोग गर्दै खुलेआम ‘ विष’ बेचिरहेका छन् ।
-काजु र खुवाको नाममा बिस्कुटको धुलो र किरा परेको चनानक्कली मिति र दूषित। -चियापत्ती‘तत्काल बान्ता र पखालादेखि दीर्घकालीन रूपमा क्यान्सर र मिर्गौला फेलसम्मको जोखिम’।
स्रोत : अनलाइन खबर
