
१२ असोज,काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल कलिङ’ नारासहित ‘ नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ ।
४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो ।
६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।
दौडमा पुरुषतर्फ रविन्द्र रावत प्रथम भए । द्वितीय सलमान शेख र तृतीय शेरबहादुर शाही बने । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय बने ।
दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई चिनाउने प्रयास गरिएको नाट्टाले जनाएको छ ।
