
१३ असोज, काठमाडौं ।नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ।
सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएकोमा बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका दुइवटा माइक्रोबसलाई कारबाही गरिएको हो।
कार्यालयका अनुसार सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्दा दुर्घटनाको जोखिम हुन्छ । यसर्थ यहाँ ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ।
कारबाहीमा परेका सवारी चालकलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
