
३० असोज,काठमाडौं ।आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ ।
धर्म शास्त्रीहरूका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।
यज्ञ–यज्ञादि,दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।
कात्यायनीको उपासनाबाट रोग,शोक,सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको जनविश्वास छ ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विशेषगरि भद्रकाली,नक्शाल,मैतीदेवी,दक्षिणकाली,गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुँइचो लाग्ने गर्दछ।
मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् ।
