काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो १६ औँ योजना कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग,रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा केन्द्रित हुने बताउनुभएको हो ।
‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ’, प्रधानमन्त्री प्रचण्डले ‘भन्नुभयो। यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धि सहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’
‘योजना अवधिमा विभिन्न स्रोत र निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ’, १६ औँ योजना, ‘यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।’
राष्ट्रिय योजना आयोगले अब आर्थिक सुधारको एकीकृत ढाँचा तयार गरेर सबैं निकायको समन्वयमा कार्यान्वयन गर्ने विश्वास लिएको उहाँलले बताउनुभएको छ ।
