काठमाडौं ।काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागले गरेको गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि जरिवाना गराएको हो ।
काठमाडौं महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरिएको चाउचाउको १५० ग्राम नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।
महानगरले जरिवाना तोक्नुका साथै सो लटको उत्पादन बजारबाट फिर्ता लगी त्यसको प्रमाण समेत पेस गर्न निर्देशन दिएको छ ।
खाद्य प्राविधिकका अनुसार एसिड भ्यालु अधिक रहेनुको अर्थ तेलको गुणस्तर नभएको भन्ने बुझिन्छ ।
