मनिषा गुरूङ
काठमाडौं । हामीमध्ये धेरैको बानी चिया वा कफीबाट दिनको सुरुवात गर्ने हुन्छ ।तर,बिहान खाली पेटमा कफी खाँदा के हुन्छ। भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ ।
यदि कफी सीमित मात्रामा र सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि निकै फाइदाजनक रहने स्वाथ्यकर्मीहरु बताउँछन्।कफीमा मेटाबोलिजम बूस्ट गर्ने तत्व भएको हुँदा यसले टाउको दुखाइबाट राहत प्रदान गर्नुका साथै पाचन प्रणलीलाई पनि राम्रो बनाउँदछ ।
त्यस्तै कफीले तौल घटाउन समेत मद्धत गर्छ ।यसले तत्काल ऊर्जा प्रदान गर्दछ।भने,छिटोछिटो क्यालोरी घटाउन मद्दत गर्दछ ।आहारविज्ञ भन्छन,‘कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन।यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास,कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्छन् ।’
कफिमा हुने क्याफिनले एसिडिटी बढाउँछ ।साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँने हुँदा तनाव हार्मोन पनि बढ्छ । मानसिक समस्या निम्त्याउँछ ।यसबाहेक खाली पेटमा कफी पिउनाले सतर्कता र नर्भसनेस जस्ता समस्या देखिने हुँदा पेटका समस्या निम्त्याएर पाचनप्रणालीमा असर गर्ने आहारविज्ञहरुको भनाई छ ।
कफी पिउने उत्तम समय बिहानको खाजाको आधा घण्टापछिको समय हो। बिहानको खाजामा अंकुरित वा भिजाएको चना,भिजाइएको ड्राई फ्रुट्स र नट्स आदि समावेश हुनुपर्दछ । त्यसपछि कफी पिउन सकिने विज्ञहरुको विष्लेषण पाइन्छ।
दिनमा २–३ कप कफी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँले आहारविज्ञहरुको भनाई छ । आवश्यक्त मात्रा मिलाएरु पिउने कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले हामीलाई स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा गर्छ ।
