काठमाडौं। अनेरास्ववीयू (क्रान्तिकारी) केन्द्रीय समितिले जेठ १ गते डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ५९ औँ विद्यार्थी दिवसको अवसरमा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्नै संगठनका सचिव उपदेश यादवले जानकारी दिएका छन्।
खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको यादवले बताए । उपाध्यक्ष पवन कार्कीलाई वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी दिएका छन् ।
प्रथम हुने लाई ५९ हजार रुपैयाँ, द्वितीय हुने लाई ३९ हजार र तृतीय हुनेलाई १९ हजार रुपैयाँ पुरस्कार राशि तोकेका छन् साथै सान्त्वना पुरस्कार स्वरूप ९ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।समृद्ध नेपालको आधार शिक्षा र रोजगारू शीर्षकमा अधिकतम समय ५ (पाँच) मिनेटको भिडियो हुनुपर्ने र उभिएर शरीरको पूर्ण भाग देखिने गरी आफ्नो विषय प्रस्तुत गरिएको र प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने सर्त रहेको छ ।
सहभागीहरूले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल मा वैशाख १६ गते देखि २५ गते बेलुका ७ः०० बजे सम्म पठाइ सक्नु पर्नेछ ।
भिडियोहरू वैशाख २६ गते देखि संगठनको अफिसियल पेजमा प्रसारित गरिने र प्रसारित भएका भिडियोहरूमा वैशाख ३० गते बेलुका ११ः०० बजे सम्म आएका लाइक, शेयर, भ्यूज र अनलाइन भोटिङको परिणाम लाई मात्रै मान्यता दिइने निर्णय गरेका छन् ।
