भक्तपुर।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना वृद्ध पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका,३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले फाजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले बताएको छ ।जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
