लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडौं ।स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेपछि विजयी भएको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेर विजय हाँसिल गरेको हो।

जितका लागि रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । फेर्मिन लोपेजले एक गोल गरेका थिए। भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक–एक गोल गरेका थिए।

जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ।