मनिषा गुरुङ
काठमाडौं । यहि बैशाख १६ गते आइतबारदेखि शुक्र ग्रह पूर्वमा अस्त भएका छन् ।
यो वर्ष वैशाख १६ गतेदेखि असार २१ गतेसम्म शुक्र अस्त रहने ज्योतिस पण्डित टिका पौडेलले जानकारी दिनुभएको छ।उहाँका अनुसार यो समयमा वृहस्पति पनि अस्त हुने योग छ।वैशाख २५ गते मंगलबारदेखि जेठ १९ शनिबारसम्म वृहस्पति ग्रह अस्ताउँदै छन्।शुक्र ९ डिग्री भन्दा कम तेजमा रहनुलाई ‘शक्र अस्त’ र बृहस्पती ११ डिग्री भन्दा कम तेजमा रहनुलाई ‘बुहस्पति अस्त’ भनिन्छ ।
ग्रहहरुमा बृहष्पतिलाई देवताका गुरु र शुक्रलाई द्धैन्त्यका गुरु मानिने हुँदा यी दुई ग्रह अस्तलाई विषेश प्रकारले हेरिने गरिन्छ ।यसर्थ यि ग्रह अस्त भएको बेलामा शुभकर्म गर्दा पूर्ण फल र ज्ञान प्राप्त नहुने धार्मिक विश्वास रहेको पंडित पौडेलको भनाई छ ।
ग्रह अस्त हुने ३ दिन अघि र ३ दिन पछिसम्म बार्नु पर्ने उहाँको भनाई छ ।
गर्न हुने कर्महरु:-
दैनिक गरिने नृत्य कर्महरु,जन्मोत्सव, तर्पण,पासनी, चाडपर्व मनाउन,दूर्गा पुजा,तुलसी पुजा,
नैमित्य कर्म (भैपरि आउने)कर्म गर्न हुन्छ ।
गर्न नहुने कर्महरुः-
नयाँ वर्त थाल्न,कुनै पनि बार वा एकादशीका नयाँ ब्रत शुरु गर्न,ब्रत समापन,देव प्रतिष्ठा,मूर्ति राख्ने कुराहरु,देवयात्रा,कर्ण भेद,उपनयन(ब्रतबन्ध),कन्यादान(विवाह),गृह पूजा,गृह प्रवेश,छेवर(चुडाकर्म),नयाँ मन्दिरको भाकल बुझाउने काम,तिर्थयात्रा(नयाँ तिर्थयात्रा),सप्ताह,नवाह तर अस्त हुनुभन्दा अगाडी थालेका पुराणहरु सुन्न हुन्छ।
यो समयमा कहिल्यै नगएका मन्दिरमा जान नहुने र लामो तिर्थाटनसमेत गर्न हुँदैन भन्ने मान्यता रहिआएको छ ।
