
गुल्मी। गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दाको पेसी लिन आएका श्रीमानले अदालतभित्रै श्रीमती कुटेका छन्।सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका,३ हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् ।
न्यायाधीशले सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका रहेको हुँदा उनिहरु न्यायाधीश कहाँ जान क्रममा अदालतको श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले बताएका छन् ।
कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ ।भने,दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
६ वर्षअघि विवाह भएका उनीहरुको २०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो।
