
रुपन्देही।सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धानआयोग बुटवल कार्यालयको टोलीले सोमबार घुस रकमसहित पक्राउ गरेको हो ।खनाललाई ३० हजार नगद घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदैगर्दा पक्राउ परेका हुन् ।
प्रवक्ता घिमिरेका अनुसार खनाललाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
