
एजेन्सी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले इन्डोनेसियामा स्याटलाइट इन्टरनेट सेवा लन्च गर्ने भएको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले आइतबार आफ्नो सेवा लन्च गर्न लागेको हो ।
बालीमा लन्च कार्यक्रममा मस्कको साथमा इन्डोनेशियाली राष्ट्रपति जोको विडोडो पनि सहभागी हुने बताइएको छ । अहिले कम्पनीले फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रिया, बेल्जियम, डेनमार्क, पोर्चुगल, बेलायत, क्यानडा, अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, मलेसिया, फिलिपिन्स, ब्राजिल र चिलीमा स्याटलाइट इन्टरनेट दिइरहेको छ ।
