
जनकपुर। जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिता यादवको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ३ बजे प्रदेश २.५४९४ नम्बरको मोटरसाइकललाई बा.२१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो ।कारको ठक्करबाट पत्रकार शिवेन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिएका छन्।
सूचना अधिकारी खरेलका अनुसार मोटरसाइकल पछाडि सवार जयनाथ यादव गम्भीर घाइते भएका र उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने कार र त्यसमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पत्रकार शिवेन्द्र राजधानी जनकपुर पत्रिकाको सञ्चालक थिए।
