प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

लण्डन ।इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन  र खदिजा शाँ प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् ।

मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् ।

फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् ।

भने,जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पार्दै सिटीका लागि २१ गोल गरिसकेकी छिन् ।