
एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो ।
समाचार संस्था एशोशियटेड प्रेसले पनि राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ।
राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै पूर्ण जलेको अवस्थामा भेटिएको थियो।
