सिंहदरबार लगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

काठमाडौं।काठमाडौं महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ ।

सोमबार काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै चालक रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका हुन्।उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन,काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

‘जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’

काठमाडौँ महानगरको फोहोर बोकेर माओवादी पार्टी कार्यालय पेरिसडाँडा जाँदै गरेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।त्यसपछि मेयर शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।