
काठमाडौं । कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा व्यक्त गरेका छन् ।
आज झापामा आयोजित एक कार्यक्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्नमा धारणा राख्दै सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको बुझिएको बताएका छन् । उनले भने, ‘कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’ यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने पनि उनको तर्क छ ।
‘उनलाई पक्राउ गर्दैमा डमोक्रेसी नै खतरामा परिहाल्यो त रु के सञ्चारका हकहरू खोसिएकै हुन् त ?’,उनले प्रश्न गरे । कानुन सबैका लागि बराबर हुने बताए ।
