
काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको ४ दिन बिदाको घोषणा गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा फेसबुकमा एक पोष्ट गर्दै गृहमन्त्री लामिछानेले सो घोषणा गरेका हुुन् । ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले लेखेका छन् ।
महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका छन् । फेसबुकमा उनले लेखेका छन्,‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’
