
एजेन्सी । पाकिस्तानमा गर्मी उच्च रुपमा बढेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि पुगेको थियो ।
जलवायु विभागका वरिष्ठ अधिकारीका अनुसार सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको थियो ।
जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबीच पछिल्लो समय एसियाभर नै गर्मी खपीनसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमान कायम गरेको थियो ।
