
काठमाडौं । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ आज ७१ औं सगरमाथा दिवस मनाईँदैछ।सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।
त्यसपछि आरोहणमा पछिल्ला दुई दशकमा हिमाल स्वदेशी र विदेशीको आकर्षक गन्तव्य बनेको छ।पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।
सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ।सगरमाथा वा हिमाल नेपालको एक गौरव र शान पनि हो।
