काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज जेठ २० गते पनि तातो हावाको लहर चल्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
पछिल्लोपटक आज जेठ २० गते पनि तातो हावाको लहर चल्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको हो ।महाशाखाका अनुसार यो सँगै तराईमा सातौं पटकतातो हावाको लहरको सम्भावना देखिएको हो ।
गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ ।
तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने, टाउको दुख्ने,खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,माँसपेशी दुख्ने,बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको हो।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा सकेसम्म घरभित्रै बस्न,हल्का लुगा लगाउन, सुती कपडा लगाउन,बाहिर निस्कँदा दाउको छोप्न,टोपी लगाउन,नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिने गर्नु पर्छ ।
