
काभ्रे ।काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन्।सङ्घको ४२ औँ वार्षिक साधारण सभा एवं अधिवेशनबाट वैद्य निर्वाचित भएका हुन्।
उनि आफ्ना निकटतम प्रतिस्पर्धी राजन मानन्धरलाई ३० मतले हराउँदै विजय हाँसिल गर्न सफल भएका हुन् ।वैद्यले ४८७ मत प्राप्त गरेका छन्।भने,मानन्धरले ४५७ मत पाएका छन्।अध्यक्षका अर्का प्रत्याशी वसन्तनारायण भोछिभोयाले ११७ मत ल्याएका छन्।
यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रवीन्द्र बैदार,उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य महासचिवमा रजित पलाञ्चोके,कोषाध्यक्षमा मानकाजी प्रधान,मुख्य संयोजकमा विज्ञान धौगोडा,सचिवमा कृष्णलाल श्रेष्ठ,सह संयोजकमा रवि तौजले,सहसचिवमा रामकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा श्यामकुमार (मुनाल) विजयी भएका छन्।
खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके,रहदेव पोटे,रोशन खुप्पा श्रेष्ठ,सुमनचौ प्रधान,गौतम मानन्धर,सजन मानन्धर,नरेशराज कायस्थ,रजेन्द्र पसछें,राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन्।
निर्वाचनका लागि १५ पदाधिकारी र १० खुल्ला गरि २५ जनाका लागि ४९ जनाको उम्मेदवारी परेको थियो ।
