आजदेखि बजेटमाथि छलफल शुरु हुने

काठमाडौं ।आगामी आर्थिक वर्ष ०८१८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुँदैछ ।छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।

राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ।राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको बताइएको छ।