आपराधिक विश्वासघातको कसुरमा निर्देशक थापा पक्राउ

काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । एक प्रहरी उच्च अधिकारीका अनुसार उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।