
काठमाडौं। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु भएको छ । राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय हुन् । उनी ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।
