पूर्वाधारको विकास मात्र विकास होइनः नगरप्रमुख महर्जन

काठमाडौँ । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले पूर्वाधारको विकास मात्र विकास नभएर समग्र पक्षको विकास नै विकास भएको बताएका छन् ।

आज नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८१÷०८२ को ‘योजना तर्जुमा, जनप्रतिनिधिहरुको नगरबासीप्रति उत्तरदायित्व तथा राजनितिक दलसँग सुझाव संकलन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विकासको लागि खानेपानी, बाटोघाटो, ढल, पर्यावरण लगायत सम्पूर्ण पक्षको विकास नै नगरको विकास बताए ।

आगामी आर्थिक वर्षलाई खानेपानी वर्षका रुपमा कार्यक्रम गर्ने नगरको योजना रहेको उनले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख सुजना बुर्लाकोटीले बजेटको विनियोजन भूगोल हेरेर गर्नुपर्ने बताइन् । ‘जुन ठाँउमा जनप्रतिनिधिको आँखा पुगेको हुँदैन्, त्यहाँ जनताले देखाउनु आवश्यक पर्छ । हामी सोहीअनुरुप कार्यक्रम तय गर्नछौँ’ उनले भनिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्रथामिकता दिएर कार्यक्रम ल्याइने बताए ।

पुर्व शिक्षा मन्त्री तथा काठमाडौं छेत्र नमबर ६ का प्रतिनिधि सभासदस्य शिशिर खनालले नगरपालिकाले नीति तथा योजना तर्जुमा गर्दा दीर्घकालीन नीतिलाई लिएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । उनले अबको योजना फरक ढङ्गबाट हुन् आवश्यक रहेको पनि औंल्याए ।