पाल्पा । पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका(२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ ।उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा.प्र.०२(०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
