जापानमा फेला पर्याे मानिसको मासु खाने ब्याक्टेरिया

एजेन्सी । जापानमा मानिसको मासु खाने ब्याक्ट्रिया फेला परेको छ । नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परेका छन्।

जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो, जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ।

मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ। यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार ग्रुप ए स्ट्रेप्टोकोकस (जीएसएस) ले सामान्यतया बालबालिकाको घाँटीमा सङ्क्रमण गर्ने र घाँटी खसखस गराउने समस्या उत्पन्न गराउँछ। जसलाई स्ट्रेप थ्रोटको रुपमा बुझिन्छ।

ब्लूमबर्गका अनुसार केही प्रकारका ब्याक्टेरियाका कारण लक्षण तीव्र गतिमा विकसित हुन सक्छन्। जसमा शरीरमा दुखाई हुने र सुन्निने, ज्वरो आउने, कम रक्तचाप पनि हुने गर्छ। साथै नेक्रोसिस, स्वासप्रश्वासमा समस्या, अर्गेन फेल्योर र मृत्युसम्म हुन सक्छ।

गत वर्ष जापानमा एसटीएसएसका ९४१ केस फेला परेका थिए।