‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना हुँदै,१९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने

सीता पौडेल(अर्चना)

काठमाडौं। नेपालमा ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना हुने भएको छ ।

आइतबार उमङ्ग क्रिएशन प्रालिले काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टीमा एक पत्रकार सम्मेलन गरेर उक्त सौन्दर्य प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आगामी भदौ ११ गते ‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।

उनका अनुसार सो सौन्दर्य प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि हिजो असार ९ गते आइतबारदेखि असार ३१ गतेभित्र  आवेदन फारम भर्नका लागि १९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुलाई आव्हान गरिएको छ ।

आवेदकको उचाई कम्तिमा ५ फिट, ३ इन्च हुनु पर्नेछ ।उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा उनले सहभागिहरुले आयोजक संस्थाले निर्धारण गरेका नियम तथा शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने र यसको विजेताले नेपालकै सबैभन्दा महँगो ताज पहिरिने बताए ।

विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने दाबी गर्दै उनले भने, ‘ विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिन पाउने छन् ।सँगसँगै मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौकासमेत प्राप्त गर्नेछन् । ’


साथै सो पत्रकार सम्मेलनमा उनले सन् २०२३ देखि उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज प्राप्त गरेको बताए । उनका अनुसार पहिलो पटक आयोजना गर्न लागेको ‘मिस ग्राण्ड इन्टरनेशनल’ को नेपाल फ्रेन्चाइजको नारा– ‘ब्रेभ, बोल्ड एण्ड ब्यूटिफुल’
राखिएको छ।

यसमा नेपालको मोडलिङ क्षेत्रका अनुभवी एवं फिल्मकर्मी तथा चर्चित कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफर, पेजेन्ट तथा शो डिरेक्टरको रुपमा रहेका छन् ।

पेजेन्ट तथा शो डाइरेक्टर ताम्राकारले पत्रकार सम्मेलनमा भित्री र बाहिरी रुपमा नै सुन्दर,प्रतिभावान र क्षमतावान  युवतीहरुको पहिचान गरि उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्ने,भविश्यमा सामाजिक परिवर्तनको अगुवा बन्न प्रोत्साहन गर्नुका साथै नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सो क्रिएशनले यस प्रकारको कार्यक्रमको आयोजना गर्न लागेकाले यस प्रकारको प्रतियोगितामा कोरियोग्राफर बन्न पाउँदा हर्षितसँगै उत्साहित भएको भन्दै खुशी व्यक्त गरेका थिए । 

 ग्राण्ड फिनालेमा विजेताका लागि अपाला ज्वेल्सले क्राउन तयार पार्ने बताएको छ ।भने,आगामी साउन २३ गते क्राउन अनभिलिङ गर्ने आयोजकको तयारी छ ।

 सम्मेलनमा उमङ्ग क्रिएसनले अघिल्लो वर्ष आयोजना गरेको मिस यूनिभर्स नेपाल २०२३ का विजेता तथा मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै विश्व प्रसिद्ध हुन सफल जेन दिपिका ग्यारेट पनि उपस्थित थिइन् ।   ‘मिस ग्राण्ड नेपाल २०२४’ मा सहभागि भएर आफू भित्र भएको प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिताले महत्वपूणए भुमिका निर्वाह गरेको भन्दै उनले सबै युवतीहरुलाई यस्ता कार्यक्रममा सहभागि हुन् आग्रह पनि गरिन् ।

साथै उनले यस प्रकारका प्रतियोगिता र विजेताहरुलाई सरकारी तवरबाट पनि साथ,सहयोग र समर्थनसँगै होसलाको समेत आवश्यकता रहेको बताइन् ।

त्यस्तै सम्मेलनमा द ब्यूटी बारकी प्रबन्ध निर्देशक तथा आयोजक संस्थाकी सदस्य इच्छा कार्की र अपाला ज्वेल्सकी स्टोर मेनेजर दिक्षान्सु कार्की उपाध्यायले ‘मिस ग्राण्ड नेपाल २०२४’ को महत्व र प्रभावकारिताका विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै शुभकामना व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा द ब्यूटी बारकी प्रवन्ध निर्देशक तथा आयोजक संस्थाकी सदस्य इच्छा कार्की तथा अपाला ज्वेल्सकी स्टोर मेनेजर दिक्षान्सु कार्की उपाध्यायले ‘मिस ग्राण्ड नेपाल २०२४’ को प्रभावकारिताका बारेमा आफ्ना धारणा कलाकर्मी डटकम अनलाइन न्युज पोर्टल मिडिया को–अर्डिनेटर रहेको सो प्रतियोगिताको द हिमालयन टाइम्स मिडिया पार्टनरको रुपमा रहेको जनाइएको छ।

द ब्यूटी बार ब्यूटी पार्टनरका रुपमा रहेको ‘मिस ग्राण्ड नेपाल २०२४’ लाई बिग बेल एडुटेन्मेन्टले व्यस्थापन गर्दैछ। ,भने आइडियाजवर्क्सले स्ट्राटेजी पार्टनरको रुपमा रहेको छ ।यसैगरि नेपाल टेलिकमले टेलिकम पार्टनरको भूमिका निर्वाह गर्ने सो कार्यक्रमको वेलनेस पार्टनरमा ट्रान्क्विलिटी स्पा रहेको आयोजकले जानकारी दिएका छन् ।