काठमाडौं । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्ति दिन माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् ।
बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
