सुनको मूल्य बढ्यो

काठमाडौं। आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य २००  बढेर कारोबारमा आएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो ।