
काठमाडौं। आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से मंगलबार ४७ दशमलव ०४ अकंले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अकंले उकालो लागेको छ ।
हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अकंले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबार रकम पनि बढेको छ । सोमबार ९हिजो० झन्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार ९आज० ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
