नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती ५ घण्टा बन्द हुने

मनिषा गुरुङ काठमाडौं । त्रिभुवन राजपथ अनतगर्तको नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती १० बजेदेखि देखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ।

राजमार्गको नौबिसे खोलको पुलको गर्डर लन्च गर्न लागिएकाले सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्ने देखिएकोले सो समयमा सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख भए अनुसार सो समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी बाहेक अन्य साधन चल्न पूर्णरुपमा रोक लगाइएको छ ।साथै दुइपांग्रे र साना सवारी साधन प्रयोगकर्ताहरुले बैकल्पिक मार्गको रुपमा धार्के– सितापाइला सडक प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।– फाइल तस्विर