
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।
मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।

